बुधबार, बैशाख १९, २०८१

राष्ट्रिय सम्मानसहित स्व कोइरालाको अन्तिम संस्कार गरिने

पार्टीका नेतृत्व र कार्यकर्ता पङ्क्ति मर्माहत
कुनै पनि अन्य औपचारिक कार्यक्रम आयोजना नगरिने

काठमाडौँ माघ २६, कांँग्रेसले आफ्नो सभापति सुशील कोइरालाको निधनले पार्टीका नेतृत्व र कार्यकर्ता पङ्क्ति मर्माहत र स्तब्ध भएको जनाएको छ । पार्टीका कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले सभापति कोइरालाले राष्ट्रियता, 12669450_470722879795172_3074231105429728374_nलोकतन्त्र र समाजवादप्रति अविचलित, निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउनुभएको जनाएको छ । संविधान निर्माणका निर्णायक तथा जनताका लोकप्रिय नेता पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाप्रति कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भावपूर्ण श्रद्धाञ्जलि अर्पणसमेत गरेको छ ।

त्यस्तै बैठकले कोइराला पार्टीका लागि मात्र होइन, मुलुकका निम्ति बोली र व्यवहारमा एकरुपता भएको उदाहरणीय नेता भएको उल्लेख गर्दै कोइरालालाई देश र जनताले अत्यन्त जटिल बन्दै गएको सङ्क्रमणकालीन राजनीतिको बेला संविधानसभाबाट नेपालको संविधान जारी गर्ने अभियानको मुख्य नेताका रुपमा चिरपर्यन्त सम्झिने उल्लेख गरेको छ । साथै पार्टीले मधेसमा आन्दोलनरत पक्षलाई निरन्तर संवाद र वार्तामा संलग्न राखेर हिमाल, पहाड, मधेस र तराईका जनताका भावना र पारस्परिक एकतालाई सुदृढ बनाउन र सम्मानजनक निकास खोज्न जीवनको अन्तिम घडीसम्म कोइरालाले निर्वाह गर्नुभएको जनाउँदै शोकको यस घडीमा शान्ति र स्थिरतातर्फ फर्किंदै गएको यात्रालाई सुरक्षित ढङ्गबाट गन्तव्यसम्म पु-याउने सङ्कल्प गरेको जनाएको छ ।

पार्टीले आफ्ना सभापति स्व कोइरालाको अन्तिम संस्कार बुधबार साँझ आर्यघाटमा राष्ट्रिय सम्मानसहित गरिने निर्णय गरेको छ । स्व कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गर्ने प्रयोजनका निम्ति बुधवार अपराह्न २ बजेदेखि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ गर्ने निर्णय गरिएको छ । त्यस्तै  पार्टी केन्द्रीय कार्यालय सहित देशभरिका पार्टी कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राखिने र १३ औं दिनका दिन ७५ वटै जिल्लामा अन्तिम संस्कारपछिको भष्म प्रवाह गर्ने निर्णय गरिएको छ । स्व कोइरालाप्रति श्रद्धाञ्जलि र सम्मान प्रकट गर्न आजदेखि आगामी फागुन ९ गतेसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयमा पार्टीको झन्डा झुकाइने र कुनै पनि अन्य औपचारिक कार्यक्रम आयोजना नगरिने निर्णय गरिएको छ ।

त्यसैगरी पार्टीले आजैदेखि आगामी फागुन ३ गतेसम्म पार्टीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण कार्यालय र भ्रातृ संस्थाका कार्यालय बन्द गर्ने तथा फागुन ९ गते सबै जिल्लामा श्रद्धाञ्जलिसभा आयोजना गर्ने भएको छ । काठमाडौँ उपत्यकाका लागि केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँ, भक्तपुर र ललितपुरको सहभागितामा काठमाडौँमा संयुक्त श्रद्धाञ्जलिसभा गर्ने पार्टीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031