बिहिबार, बैशाख ६, २०८१

काँग्रेसका सभापति कोइरालाको निधन

प्रजातान्त्रिक आन्दोलनका नक्षत्र अस्ताय

काठमाडौँ माघ २६ , नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ । फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२ः५० बजे उहाँको निधन भएको  छ । कोइराला विगत केही दिनदेखि Susil-koirala निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आउनुभएको थियो । लामो समयदेखि अर्बुद रोगको उपचार गराइरहनुभएका कोइराला ७६ वर्षका हुनुहुन्थ्यो ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान १२:५० बजे निधन भएपछि कांग्रेसका निर्वाचनसम्बन्धि सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।  यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मंगलबारका बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बोलाइएको छ ।

 त्यस्तै  सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ८ः०० बजेसम्म निवासमै राखिने भएको छ । बिहान ८ः०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।