बिहिबार, बैशाख २०, २०८१

 नेपालको मानव अधिकारवादी डलरवादी हुन् : थारु नेता लेखी

 काठमाडौं पौष २५, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारु नेता राजकुमार लेखीले नेपालका मानव अधिकारवादी ‘मानव अधिकारवादी’ नभएर ‘डलरवादी’ भएको बताउनु भएको छ । शनिबार राजधानीमा ‘मधेशी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा 12516589_1227795820569806_550515084_nथारु नेता लेखीले नेपालमा रहेको अधिकांश मानव अधिकारवादी संघ/संस्थाले थारु, मधेशी तथा जनजातिमाथि विभेद गरिरहेको र डलरको खेति मात्र गरेको अरोप लगाउनु भएको हो । नेता थारुले, ‘यो देशको मानव अधिकारवादीहरु थारु, मधेशीमाथि भइरहेको विभेदको बारेमा बोल्न सकेको छैन, अनि हामी उनीहरुमाथी विश्वास गर्ने ? ’
टीकापुरमा थारुहरुमाथि भएको अन्यायको बारेमा किन यहाँका मानव अधिकारवादी बोल्न सकेन रु मानव अधिकार त निश्पक्ष पो हुनु पर्छ तर यहाँ मानव अधिकार भनेको सेतो छालावालाहरुको लागि मात्र रहेको जिकिर गर्नु भयो । उनी अझै थपे, यहाँका मानव अधिकारवादी, विभेदकारी छन्, जातियवादी छन् र अब त्यसको प्रतिवाद पनि हुनु पर्ने दावी गर्नु भयो । उनी आरोप थियो, नेपालको सेतो छाला भएको मानव अधिकारवादीहरु तराई मधेशको आन्दोलनलाई भड्काउने काम गरिरहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा नेता थारुले, सरकारले हामीसँग पटक पटक सम्झौता गरे तर आजसम्म त्यसको कार्यन्वयन भएन, अबको हाम्रो आन्दोलन वारपारको भइरहेको छ । जससम्म तराई मधेशको माग पुरा हुँदैन त्यति बेलासम्म तराई मधेश बन्द खुल्दैन । तराई मधेशमा बसोबास गर्ने थारु, मधेशीलाई भारतीय देख्नेहरु ‘मेरो पहिलो विदेश भ्रमण दिल्ली हुन्छ’ भनेर अहिले अभिव्यक्ति दिरहेका छन् । त्यसबाट पुष्टि हुन्छ कि यो देशमा वास्तविक नेपाली को हुन् भनेर रु
साथै उहाँले टीकापुर घटनामा पहिला थारु माथि भएको अत्याय यहाँको मिडियाले नदेख्ने र पछि अरु घटना घट्दा मात्र देख्ने रु ‘टीकापुरमा थारुहरुले इट्टाको जवाफ पत्थरले दिएको हो । त्यहाँको घटना प्रति कुनै पछुत्तो छैन नेता थारुको भनाई थियो । अहिले पनि हामी मधेशी मोर्चासँगै आन्दोलनमा छौं, जबसम्म सरकारले तराई मधेशको माग पुरा गर्दैन त्यति बेलासम्म नाकाबन्दी पनि खुल्दैन् नेता थारु भन्छन् । तराई मधेशमा जे जति नागरिक मारिएका छन् त्यसको जिम्मेवारी सरकाले लिनु पर्छ । यसलाई प्रष्टसँग भन्ने हो भने, केपी ओली, कृष्ण सिटौला, भिम रावल, लेखराज भट्ट र शेरबहादुर देउवाले हत्या गराईरहेका छन् । उक्त कार्यक्रम मधेशी पत्रकार समाजको अध्यक्ष मोहन सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031