बिहिबार, बैशाख १३, २०८१

संविधान संशोधनमा व्यपाक परिमार्जन आवश्यक रहेको मोर्चाको ठहर

सरकार वार्ताप्रति अझै उदासिन रहेको आरोप

काठमाडौ पौष २५, मधेसी मोर्चाको पौष २२ देखि २४ गतेसम्म काठमाडौँमा भएको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चाले संविधान संशोधनका लागि सरकारले संसद्मा पेस गरेको विधेयक व्यापक रुपमा परिमार्जनको आवश्यकता रहेको press-release-of-morcha-25-paushpress-release-2-बताएको छ। त्यस्तै पत्रकार सम्मेलन पछि जारी विज्ञप्तिमा मोर्चाले प्रस्तुत विद्येयकमा आवश्यक रुपमा परिमार्जन नगरी यथावत् रुपमा पारित गराइए मधेस आन्दोनको माग सम्बोधन नहुँने ठहर गदै विज्ञप्तिमा विधेयक यथावत् रुपमा अघि बढाइएको खण्डमा यसले मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलितलायत समुदायले उठाएका मुद्दालाई सम्बोधन गर्न नसक्ने भएकाले यो संशोधन विधेयक मोर्चालाई मान्य नहुँने जिकिर गरेको छ ।

त्यस्तै सरकार र सरकारका प्रतिनिधीसंग औपचारिक वा अनौपचारिक रुपमा करिब २५ भन्दा बढी पटक वार्ता गरिए पनि सरकार आन्दोलनरत पक्षले उठाएको मागप्रति गम्भीर नभएको आरोप पनि मोर्चाले विज्ञप्तिमा लगाएको छ । त्यस्तै मोर्चाले वार्ता र संवादबाट आफूहरूले उठाएका मधेस आन्दोलनको मागमा प्रति सरकार गम्भीर नभएका कारणनै पटकपटकको वार्ता आफैमा सफल हुँन नसकेको उल्लेख गरिएको छ ।

 त्यस्तै आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको परिचालन गरी मधेश र थरुहटमा राज्य आतंकको सृजना गर्ने कार्य जारी राखेको भन्दै मोर्चाले त्यसको घोर भर्त्सना समेत गरेको गर्दै जारी आन्दोलनको नयाँ प्रारुप अन्र्तगतका नयाँ ६ बुँदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । १. २०७२ पौष २८ गते मंगलबार प्रत्येक जिल्ला सदरमुकाममा विशाल जुलूस प्रदर्शन एवं विरोध सभा गर्ने ।

२. २०७२ पौष ३० गते बिहिबार जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा सरकारद्धारा गरिएका हिंसा हत्या एवं दमन सम्बन्धी फोटो, चित्र तथा वृत्तचित्र प्रर्दशन गर्ने ।

३. २०७२ माघ २ गते शनिबार जिल्ला सदरमुकाममा विरोध स्वरुप विशाल लाठी जुलूस प्रदर्शन एवं सभा गर्ने।

४. २०७२ माघ ४ गते सोमबार जिल्ला सदरमुकाममा भेला भई विशाल मशाल जुलूस प्रदर्शन एवं सभा गर्ने।

५. २०७२ माघ ५ गते मंगलबार जिल्ला सदरमुकामहरुमा मधेश आन्दोलनका दौरानमा शहादत प्राप्त गर्नुहुने वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न भव्य रुपमा बलिदानी दिवस मनाउने ।

६. २०७२ माघ ७ गते गाउँ र नगररक्षेत्रहरुको चोक चौराहामा विरोध सभा गर्ने ।   

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031