बिहिबार, बैशाख २०, २०८१

शान्तिको संस्थागत सुदृढीकरणमा समस्या: मन्त्री ढकाल

काठमाडौं पौष १२,    शान्ति विना विकास सम्भव नभएको जनाउँदै शान्ति तथा नव नियुक्त पुननिर्माण मन्त्री एकनाथ ढकालले संविधानले DSC_0332दिएको अधिकार नागरिकको पहुँचमा  पु-याउन ७ भित्र नयाँ कार्यक्रम घोषणा गरिने बताउनु भएको छ । आइतबार नेपाल पत्रकार मञ्चको प्रतिनिधीमण्डलको बधाइ तथा शुभकामना ग्रहण गर्दै मन्त्री यस्तो अभिव्यक्ति दिनु भएको मञ्चद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा द्वन्द्वकालीन संरचना पुननिर्माण तथा अहिले चलिरहेको मधेस आन्दोलनले पूर्वाधार तथा सामाजिक विकासमा पु-याएको अवरोध विश्लेषण गरी सवै पक्षलाई शान्ति प्रक्रियामा ल्याएर विकासमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुग्ने योजना अघि सारिने मन्त्री ढकालको भनाइ रहेको  उल्लेख गरिएको छ ।

साथै  वधाइ तथा शुभकामना दिनकालागि मञ्चको नेतृत्वमा आमसञ्चारमा आवद्ध ३ दर्जन सञ्चारकर्मीहरुमाझ मन्त्री ढकालले   राजनीतिक DSC_0305दल, समुदाय तथा परिवारमा अधिकारका विषयमा फरक मत भएकाले शान्तिको संस्थागत सुदृढीकरणमा समस्या रहेको बताउँदै उहाँले नेपालमा शान्ति प्रक्रियाको दिगोपनाकालागि परिवारवाट अभियान शुरु गरेर समुदाय हुँदै राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पु-याउने योजना मन्त्रालयको बनाएको त्यस अवसरमा जानकारी दिनुभएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930