बिहिबार, बैशाख २०, २०८१

लहरो तान्दा पहरो चर्कियो,सशस्त्र प्रहरीका३ पूर्वमहानिरीक्षकत्रय समेत अख्तियारको कठघरामा

काठमाडौं पौष १२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लहरो तान्दा पहरो चर्कियो भने जस्तै अनियमितताको आरोपमा धरौटी जमानी राखी रिहाभएका तत्कालीन सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तको कारवाही प्रक्रियालाइ जारी राख्दै अनुसन्धान सुरुगरेपछि वन्तले दिएको वयानका आधारमा सशस्त्र प्रहरी बलका तीन पूर्व प्रहरी महानिरीक्षक समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कठघरामा Untitled-2पुगेका छन । आर्थिक अनियमितताको सवालमा परेको थप उजुरीका आधारमा छानबिन सुरु गरेको आयोगले निवर्तमान आईजीपी कोषराज वन्तले आफ्नो वयानमा भ्रष्टाचारको पोल खोलेपछिपूर्व सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकत्रय सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको हो ।

त्यस्तै आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार बयानका लागि बोलाइएका सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकत्रय पनि अनियमितताको घेरामा आएपछि आयोगले ओलीसँग रु ७० लाख, बस्नेतसँग रु आठ करोड र श्रेष्ठसँग रु एक करोड धरौटी माग गरेको जनाएको छ ।
त्यस्तै आयोगले अनुसन्धानको क्रममा निजहरुले पनि आफ्नो कार्यकालका विभिन्न आर्थिक वर्षहरुमा सामान खरीद गरी मातहतका युनिटहरुमा ढुवानी गरेको भनि झुठा विल भरपाई तयार गर्नुका साथै ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीहरूको विल समेत आफैले छपाई गरी, गर्न लगाई सामान ढुवानी गरेको देखाइ अस्वभाविक मूल्य राखी विल बनाई व्यापक आर्थिक अनियमितता गरेको खुल्न आएको जनाउँदै आयोगले माग गरेको धरौटी जमानत माग अनुरुप निजहरूले उक्त रकम वरावरको वैङ्क जमानत दाखिला गर्न ल्याएकोले आज धरौटी जमानतमा रिहा गर्दै तारिखमा राखी थप अनुसन्धान थालेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930