शनिबार, बैशाख २२, २०८१

विधायन समितिको बैठक: भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक पारित

काठमाडौ मार्ग २३, व्यवस्थापिका संसद् अन्र्तगत विधायन समितिको आज बसेको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था bicc-1-300x225 (1)गर्न बनेको पुनःनिर्माणसम्बन्धी विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा सहभागी सदस्यले सो विधेयक संशोधन वा यथावत रुपमा आजै पारित गर्न जोड दिएपछि सदस्य नवीन्द्र जोशीले पेस गर्नु भएको ‘दफा ३३ को खण्ड (घ) र (ङ) थप गरी क्रम मिलाउने र (ङ) मा सो अध्यादेशबमोजिम नेपाल सरकारले गरेका नियुक्ति यसै ऐनबमोजिम मानिनेछ’ भन्ने सुझावलाई समावेश गरेर पारित गरेको समिति सभापति गङ्गा चौधरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।