शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री ओलीद्दारा राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने प्रस्ताव

 प्रधानमन्त्री ओलीलेआफ्नो बहुमत बनाइराख्न राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने प्रस्ताव

काठमाडौं मार्ग २१, एमाले अध्यक्ष केपी शमा ओली नेतृत्वको  सरकारले बहुमत गुमाउने अवस्था सिर्जना हुँदै गएपछि प्रधानमन्त्री ओलीलेआफ्नो बहुमत बनाइराख्न राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने प्रस्ताव गरेको अवर आजको तरुण साप्ताहिले छापेको छ । प्रकाशित खवरमा कम्युनिस्ट नेतृत्वको सरकारमा सामेल हुन नहुने मत राप्रपाभित्र प्रभावशाली बन्दै गएपछि प्रधानमन्त्री ओली आत्तिएको उल्लेख गर्दै खासगरी सूर्यबहादुर थापाका छोरा सुनिल थापा

anup_20151112_28-300x200समूह सरकारमा सहभागी हुन नहुने विषयमा लबिङमै जुटेको छ । भारतीय इसारामा थापा यसरी लबिङमा जुटेको प्रधानमन्त्री ओलीले राप्रपाका अर्को लबीका नेताहरुलाई सरकारमा सामेल हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले राप्रपाका तीनवटै समूहसँग छुट्टाछुट्टै वार्ता गरेको बताईएको छ ।

त्यस्तै खवरमा प्रम ओलीले मंगलबार लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणासँग छुट्टाछुट्टै वार्ता गरेका थिए भने बुधबार डा।प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नजवराज सुवेदी, बालाराम घर्तीमगर, ध्रुबबहादुर प्रधान, पर्शुराम खापुङलगायतका नेताहरुसँग सामूहिक भेटघाट गरेका थिए । समाचार स्रोतका अनुसार तीनवटै समूहसँगको भेटघाटमा ओलीले भारतीय इसारामा सुनिल थापाले राप्रपालार्य सरकारमा सामेल हुन नदिइरहेको सूचना आफूले पाएको भन्दै यसबारे जिज्ञासा राखेका थिए । उनले राप्रपाभित्र स्पष्ट रुपमा तीनवटा समूह रहेको भन्दै तीन समूहबाट एक–एकजनालाई मन्त्री बनाइदिने र यसमध्ये सिनियरलाई उपप्रधानमन्त्री बनाइदिने आश्वासन दिएको बताईएको छ ।