शनिबार, बैशाख २२, २०८१

राप्रपा नेपालको केन्द्रीय परिषद्को पहिलो बैठक आजबाट सुरु हुँदै

काठमाडौ मार्ग ६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय परिषद्को पहिलो बैठक आजदेखि सुरु हुँदैछ । राजधानीको भाटभटेनीमा आजबाट rppnमार्ग ८ गतेसम्म चल्ने बताईएको प्रस्तुत बैठक पार्टीको महाधिवेशनपछि पहिलो पटक बस्न लागेको हो ।

१ हजार १८ प्रतिनिधि तथा ४७० पर्यवेक्षक सहभागी हुने मुलत आजको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय वस्तुमा पार्टीको दृष्टिकोण तथा आगामी दिनमा पार्टीले लिनुपर्ने कार्ययोजनाका सवालमा छलफल गरिने राप्रपा नेपालसम्वद्धस्रोतले जनाएको छ।राप्रपा सम्वद्ध स्रोतका अनुसार विधानत प्रस्तुत केन्द्रीय परिषद्को बैठकले केन्द्रीय कार्य समितिको निर्वाचनबाहेक अन्य सबै कामकारबाही गर्न सक्ने अधिकार प्रत्यायोजित गरिएको बुझिएको छ ।