बुधबार, बैशाख १२, २०८१

महानगरको सार्वजनिक सरोकारका सवालमा कामपा र महानगरीय प्रहरीबीच ३३ बुँदे समझदारी

काठमाडौ मार्ग ६, काठमाडौं महानगर क्षेत्र भित्र शहरी सु–व्यवस्थापन तथा शान्ति सुरक्षाका सहित सार्वजनिक सरोकारका सवालमा सहकार्य गर्ने लक्ष्य सहित DSC_0191महानगरपालिका र महानगरीय प्रहरीबीच आज ३३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सहरी व्यवस्थापन र शान्ति सुरक्षालाइ अपेक्षीरुपमा कार्यान्वयन गर्ने लक्ष्य सहित यस किसिमकको सम्झौता गरिएको आज राजधानीमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा जानकारी दिईएको थियो ।

महानगरमा आवश्यकता अनुरुपको भौतिक पुर्वाधार विकास, सुरक्षा गस्ती दैविप्रकोप उद्धार, शहरी सौन्दर्य तथा सरसफाई, नदी अतिक्रमण, बस पार्क व्यवस्थापन, पर्यटन तथा सम्पदाको संरक्षण, सार्वजनिक शान्ति सुरक्षा, कानुन कार्यान्वयन लगायतका बुँदागत बिषय समेटिएको उक्त मा सम्झौता पत्रमा महानगरका तर्फबाट प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ग र महानगरीय प्रहरी आयुक्तको कार्यलयका प्रमुख विज्ञानराज शर्माले हस्ताक्षर गर्नु भएको छ । मुलत सम्झौताको पहिलो बुँदामा सवारी दुर्घटना तथा सडक व्यवस्थापनलाई मध्यनजर गरी आगामी तीन वर्षभित्रमा काठमाडौँ महानगरपालिकाले विभिन्न नौ स्थान क्रमस नया“ बानेश्वर, महाराजगञ्ज, कोटेश्वर, त्रिचन्द्र क्याम्पस अगाडि, चाबहिल, कालीमाटी, गौशाला चोक, थापाथली र त्रिपुरेश्वरलगायतका क्षेत्रमा आकाशे पुल निर्माण गर्नुको अलावा हाल आकाशे पुल रहेका स्थानमा बिहान र बेलुकाको समयमा विभिन्न किसिमका आपराधिक क्रियाकलाप हुनसक्ने भएको हुँदा त्यसलाई कम गर्नका लागि रेलिङको उचाइ कम गरी पारदर्शी बनाउँदै त्यहाँ हुन सक्ने अपराधिक क्रियाकलाप प्रति प्रहरीले कामपालाइ सहयोग गर्ने रहेको छ ।

त्यस्तै गरि त्यस्तै अन्य सम्बन्धित निकाय संगको समन्वयमा समेत उपयुक्त स्थान खोजिगरि ट्याक्सि पार्क र बस स्ट्याण्ड तोक्ने र सोही आधारमा ट्राफिक प्रहरी संगै नगर प्रहरीले सवारी आवगमनको व्यवस्था मिलाउनेछ । महानगर क्षेत्र भित्रको सडक, फुटपाथ तथा खोला अतिक्रमण नियन्त्रण र सडकमा राखिएका निर्माण सामग्री हटाउन यि दुई निकाय बिच सहकार्य हुने तथा छाडा पशु र त्यसबाट उत्पन्न समस्यालाई निराकरण गर्न समेत प्रहरीले महानगरलाई सहयोग गर्नेछ ।  त्यस्तै यि दुवै निकायले अपराधिक कृयाकलाप न्युनिकरण गर्न तथा त्यहाका गतिविधिलाई मध्यनजर गरेर शहरी सुव्यवस्था कायम गराउनका लागि बिभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्नेछ । रात्रीबजार तथा रात्रिबस सञ्चालनमा प्रहरीले सुरक्षा दिने र सवारी कर सङ्कलनमा महानगरलाई प्रहरीले सहयोग गन त्यस्ता क्यामेराबाट आउने सूचना संगै महानगरबाट संचालित मट्रो एफएम र ट्राफिक प्रहरी एफएम बिचपनि कार्यक्रम उत्पादन तथा प्रशारणमा सहकार्य गर्ने र यिनै माध्यमद्धारा जनचेतनामुलक कार्यक्रमहरु समेत प्रवद्र्धन गर्ने लगायतका दफागत  व्यवस्था गरिएको छ ।

सम्झौताको पूर्णपाठका लागि