शुक्रबार, बैशाख २१, २०८१

पत्रकार महासंघको सञ्चार प्रविधिमन्त्री राईलाइ १८ बुँदे ध्यानाकर्षण पत्र

विद्यमान सञ्चार नीतिलाई समयसापेक्ष परिमार्जित गर्ने मन्त्रीराइको प्रतिवद्धता

काठमाडौ मार्ग ३, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट नेतृत्वको टोलीले आज  सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाइ नेपाली sd-1 sd-2सञ्चार क्षेत्रका समसामयिक विषय समेटिएको १८ बुँदे ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका छन ।
महासङ्घको तर्फबाट बुझाइएको ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले विद्यमान सञ्चार नीतिलाई समयसापेक्ष परिमार्जित गर्दै मुलकमा जारी संविधानको मर्म अनुरुप राष्ट्रिय आमसञ्चार नीतिको पुनरवलोकनका लागि स्वतन्त्रविज्ञ सहितको कार्यदल गठन गर्ने तयारी सुरु भएको जनाउ दिनु भएको छ ।

त्यस्तै मन्त्री राइले त्यसअवसरमा राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया पनि चाँडै सुरु गरिने बताउँदै श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक समितिले गरेको सिफारिसको कार्यान्वयन एवम् सञ्चार सङ्ग्रहालय र पत्रकार आचारसंहिताको कार्यान्वयनकासवालमा समेत यथासिघ्र पहल थाल्ने अभिव्यक्ति दिनु भएको छ ।