बिहिबार, बैशाख १३, २०८१

पत्रकारमाथि भौतिक आक्रमणको गर्ने दोषीलाइ कारवाहीको माग

काठमाडौं मार्ग २ , नेपाल पत्रकार महासंघले महासंघ लमजुङ शाखाका सचिव एवं रेडियो मस्र्याङ्दीका समाचार प्रमुख युवराज श्रेष्ठलाई लमजुङको मुलपानीस्थित जय भद्रकाली आयल स्टोर्सका संचालक श्रीकान्त घिमिरेले भौतिक आक्रमणको धम्की दिनुका साथै पत्रकार श्रेष्ठको कोठामा तोडफोड गरिएको release 2 mansirघटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव उजिर मगरद्दारा आजा जारी प्रेस विज्ञप्तिमा समाचारप्रति कुनै गुनासो वा असहमति रहे त्यसउपर कानुनी उपचारका बाटो खोज्नुको सट्टा त्यसलाई छाडेर पत्रकारमाथि गरिएको यो आक्रमणको प्रयास प्रेस स्वतन्त्रताविरोधी भएको ठहर गर्दै पत्रकार श्रेष्ठमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्नुको अलावा दोषीउपर कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसंग माग गरेको छ ।