बिहिबार, बैशाख २०, २०८१

वर्ष ०७२को सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल

काठमाडौ आश्विन १५, आगामी मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा सञ्चालन हुँनेसातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७२ मूल समितिको विहिवार आयोजित बैठकले आसन्न ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गर्ने निर्णय गरेको छ ।

images (23)प्रस्तुत निर्णय अनसार वर्ष ०७२ को प्रतियोगितामा फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन, भलिबल, कुस्ती, जुडो, हक्की, सुटिङ, ब्याडमिन्टन, बास्केटबल, पौडी, धनुकाँड, ट्रायथलन, क्रिकेट, गल्फ, लनटेनिस, साइक्लिङ, फेन्सिङ, उसु लगायतका खेल रहने भएको छ । त्यसैगरी प्रदर्शनी खेलमा भने रग्बी, डान्स स्पोर्टस, साम्बो, रक क्लाइम्बिङ र दोहोरी राखिएको राखेपले जनाएको छ । त्यस्तै प्रतियोगिताका लागि करिब रु ३१ करोड ९९ लाख ९६ हजार लाग्ने छ । आवश्यक बजेट अर्थ मन्त्रालयमा माग गरी पठाइसकिएको राखेपले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930