बिहिबार, बैशाख २०, २०८१

मुलुकमा पछिल्लो समय देखिएको असहज परिस्थिती प्रति दलहरू एकाकार

काठमाडौं आश्विन ९ , प्रधानमन्त्री सुशील कोइरालाले आज साँझ संविधानको मुलत तराई आन्दोलन र मुलुकको पछिल्लो राजनीतिक अवस्था र तराईका सीमा नाकामा हुँदै आएका अवरोधका विषयमा छलफल गर्न भन्दै बोलाउँनु भएको बैठकले मा मुलुकमा संविधान जारीभएपछिको अवस्थामा विकसित भएको पछिल्लो pm-niwas-baluwatar-300x169राजनीतिक घटनाक्रमका अवस्थामा समिक्षा गर्दै सिर्जित असहज अवस्थाको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले विद्यमान मुलुकको अवस्था भनेको राष्ट्रिय सङ्कटको अवस्थामा भएको ठहर गर्दै सबै एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा एकाकार भएको बताईएको छ ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री डा रामशरण महतले पछिल्लो समयमा भारत सरकारको अघोषित नाकाबन्दीका विषयमा सबै राजनीतिक दलका नेताले चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय पारवहन सन्धिअनुसार निर्बाध रूपमा सेवा तथा वस्तुको आवतजावतमा रोक लगाउँनु नहुँने र यसबारेमा सरकारले भारत सरकारसंग वार्ता गर्नुपर्नेमा दलीय सहमति बनेको नानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नाकाबन्दी गर्नु नहुँने भन्दै सिमा नाकामा अहिले भइरहेको भारतीय पक्षको व्यवहार अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताउँनु भएको छ।  बैठकमा प्रधानमन्त्री कोइराला, मन्त्रीहरू, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादीका) अध्यक्ष पुष्पकमल दाहाललगायत संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका नेताहरूको सहभागीता रहेको समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031