बिहिबार, बैशाख १३, २०८१

मधेसमा जारी असन्तुष्टिलाइ सम्बोधन गर्न राष्ट्रपति डा यादवको आग्रह

काठमाडौ आश्विन ९ , मुलुकमा संविधान जारीभएसंगै मधेसमा हुँदै आएको आन्���ोलन लगायतका सवालमा केन्द्रीत हुँदै राष्ट्रपति डा रामवरण यादवले विद्यमान download (1)असन्तुष्टिलाई तत्काल वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्न भन्दै आज माओवादीका अध्यक्ष प्रचण्डसंग भएको भेटवार्ताको क्रमर्मा आग्रह गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति कार्यालय शीतल निवासमा भएको उक्त भेटवार्तामा राष्ट्रपति डा यादवले यस्तो आग्रह गर्दै गर्दा प्रतिउत्तरमा अध्यक्ष प्रचण्डले प्रमुख तीन दल वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न प्रयत्नशील रहेको र सोही दिशामा संवादको प्रक्रिया अगाडि बढाइएको राष्ट्रपति डा यादवलाई जानकारी गराउनु भएको बुझिएको छ ।