शनिबार, बैशाख २२, २०८१

कानुन समाजद्वारा नयाँ संविधानको स्वागत

काठमाडौ आश्विन ३,  नेपाल कानुन समाजले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पारित गरेकोमा स्वागत गरेको छ । imagesसमाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा पछिल्लो संविधानसभाले संविधान लेखनको प्रक्रियाबाट बाहिरिएका सबै राजनीतिक दललाई वार्ता प्रक्रियाद्वारा सहमतिमा पुग्न आग्रह गरिएको छ ।

विभिन्न समुदाय र राजनीतिक दलहरूद्वारा उठाइएका विषयवस्तु नयाँ संविधानमा पर्न नसके पनि जारी भएपछि संशोधनको प्रक्रियाद्वारा स्थापित गर्न सकिने भएकाले त्यो बाटो प्रयोग गरेर जान पनि समाजले सुझाब दिएको छ ।