बिहिबार, बैशाख १३, २०८१

मोदीको विशेष दुत जयशंकरको गोप्यमन्त्रणा पछि मधेसीदलकालागि हस्ताक्षरका लागि समयसिमा थपियो

मोदीको विशेष दुत जयशंकरको गोप्य मन्त्रणा पछि मधेस केन्द्रीत दलबाट प्रतिनिधित्व गर्ने सभासद सहित ६१जनाको लागि हस्ताक्षरको लागि समयसिमा थपियो

काठमाडौं आश्विन ३, गत बुधवार अर्थात भाद्र ३० गते संविधानसभाको बैठकबाट दुइतिहाइ बहुमतबाट पारित भएको नेपालको नयाँ संविधान संविधानसभाध्यक्ष सुवास नेम्वाङगले प्रमाणिकरण गर्नुपूर्व संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानको परिमार्जित विधेयकको प्रतिमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता सहित पारित संविधानको प्रतिमा संविधानसभामा कायम रहेको पाँचसय ९८ sambidhanसभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको थियो । तर हस्ताक्षरका लागि तोकिएको समयमा मधेस केन्द्रित दलबाट प्रतिनिधित्व गर्ने सभासद सहित ६१ सभासद् अनुपस्थित रहेका कारण जनआन्दोलनको प्रमुख उपलब्धिका रुपमा ग्रहण गरिएको नेपालको संविधान ०७२मा हस्ताक्षर गरेको थिएनन । यसवीचमा सभासद्को हस्ताक्षर सकिएलगत्तै संविधानसभाका अध्यक्ष नेम्वाङले त्यसलाई प्रमाणित गर्नु भएको थियो । यसरी एकातर्फ संविधानसभामा कायम रहेको पाँचसय ९८ सभासद्मध्ये ५३७ जनाले मात्र हस्ताक्षर गरेको थियो भने अर्को तर्फ यसवीचमानै नेपालको संविधान निर्माण प्रक्रियाबारे छलफल गर्न भन्दै नेपाल आउनु    भएकf भारतीय प्रम मोदीको विशेष दुत जयशंकरले    राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुसँग छलफल गरी भारत फर्के लगत्तै आश्विन ३ गते साँझ ५ बजे विशेष कार्यक्रमका वीच औपचारिक राष्ट्रिय समारोहमा राष्ट्रपति डा रामवरण यादवले संविधानको प्रतिमा हस्ताक्षर गर्नु पूर्वसम्मको समयसिमा कायम गर्दै नेपालको संविधान २०७२ को मा हस्ताक्षर गर्न बाँकी रहेका सभासदले अपरान्ह ४ बजे सम्म हस्ताक्षर गर्न पाउँनेगरि समयथप गरिएको समाचार स्रोतले जनाएको छ ।

असन्तुष्ट दलका सभासद तथा बिदेशमा रहेका सभासदहरुलाई ध्यानमा राख्दै र भारतीय प्रम नरेन्द्र मोदीको विशेष दुतका रुपमा नेपाल आएका विदेश सचिव विदेश सचिव जयशंकरको गोप्यमन्त्रणा पछि मधेस केन्द्रित दलबाट प्रतिनिधित्व गर्ने सभासद सहित ६१ सभासद्कालागि हस्ताक्षरको अबधि थपिएको स्रोतको दावी रहेको छ।   स्रोतका  अनुसार यो समयसिमामा हस्ताक्षर  नगरेका  मधेस केन्द्रीत  दलबाट प्रतिनिधित्व गर्ने सभासद सहित ६१  सभासदले    हस्ताक्षर गर्ने प्रवल संभावना रहेको  बताईएको  छ । त्यसपछि ५ बजे औपचारिक समारोहका बीच राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान घोषणा गर्नुहुने भएको हो ।