बुधबार, बैशाख २६, २०८१

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ श्रावण १७, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पेट्रोलियम पदार्थ र खाना पकाउने Oil-NIgam-Co-operationग्यासको मूल्य घटाएको छ ।

 निगमका अनुसार पेट्रोल, डिजेल र मटृीतेलमा प्रतिलिटर घट्दो मूल्य अनुरुप अव पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मटृीतेलको ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।  त्यस्तै गरि खाना पकाउने ग्यासको मूल्यमा रु ३५ घटाएको छ । घटेपछि खाना पकाउने ग्यासको मूल्य १४ सय ३५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।