शुक्रबार, बैशाख १४, २०८१

युवा कविता प्रतियोगिता हुँने

काठमाडौं श्रावण १७,  युवा सात्यिकारको राष्ट्रिय सञ्जाल विमर्श नेपालले १९ देखि ३० वर्ष समूहका युवा कविबीच आगामी भदौमा राष्ट्रिय 20150730_anup_2युवा कविता प्रतियोगिता गर्ने भएको छ ।  बुकआर्ट नेपाल र रिडमोर प्रकाशनको सहयोगमा हुुने उक्त प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा हुने बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनीअन्तर्गत भाद्र ५ गते सम्पन्न गरिनेछ । इमेल वा पोष्टबक्स नं २५८५९ मा यही साउन २५ गतेसम्म प्राप्त कवितालाई निर्णयकमण्डलले मूल्याङ्कन गरी छनोटमा परेकाहरूका बीच वाचन प्रतियोगिता गराइनेछ ।

प्रथम, द्वितीय र तृतीय तथा चतुर्थ स्थानका दुई कविलाई क्रमशः रु २०, १५, १० र पाँच÷पाँच हजार राशिका नगद पुरस्कार दिइने विमर्श नेपालका महासचिव माधव अधिकारीले बताएका छन् । त्यस्तै यसप्रकारको राष्ट्रिय प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको बुकआर्ट नेपालले जनाएको छ ।