बिहिबार, बैशाख २०, २०८१

सरकारी निर्णयको विरोध गर्दै ट्याक्सी व्यवसायी आन्दोलनमा

काठमाडौँ श्रावण १३,  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत अषाढ ३ गते गते नयाँ ट्याक्सी दर्ताका लागि अनुमति दिने सम्बन्धमा गरेको निर्णयको काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायीले त्यसको विरोध गरेका छन् । ट्याक्सी व्यवसायीहरुले आज 1079photo1ट्याक्सी -याली गरी खुलामञ्चमा विरोधसभाको आयोजना गरेको हो ।

उपत्यकामा सञ्चालनमा रहेका पाँच हजार ६५० ट्याक्सी रहेकै अवस्थामा पुराना एक हजार ८५० का स्थानमा नयाँ दर्ता गर्न लागिएको हो । बीस वर्ष पुराना ट्याक्सीका स्थानमा नयाँ ट्याक्सी दर्ता गर्न  भन्दै  मन्त्रालयले २०७२ मङ्सिर मसान्तसम्मको समय तोके पनि ट्याक्सी व्यवसायी आन्दोलित भएको हो ।

विरोधसभामा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले ट्याक्सी व्यवसायीका माग प्रधानमन्त्री सुशील कोइरालासमक्ष राखी समाधान गरिने आश्वासन दिनुभयो । “नाफाखोर र कमिसनखोरको दबाबमा यो निर्णय गरिएको छ, यस्तो निर्णय खारेजीका लागि आफुहरु लागि पर्ने बताउँनु भएको छ ।

त्यस्तै नेकपा माओवादीका धर्मेन्द्र बाँस्तोला, नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घका अध्यक्ष विष्णु सिवाकोटीलगायतका वक्ताले निर्णय फिर्ता लिन माग गर्दै उदि निर्णय फिर्ता नलिए आन्दोलनको विकल्प नभएको जनाउँ दिएको प्राप्त समाचारमा उल्ल्ेख एलल्ेख् गरिएको छ । ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु