बिहिबार, बैशाख २०, २०८१

संविधान निर्माणको राष्ट्रिय अभियानमा सरिक हुन संविधानसभाध्यक्ष नेम्वाङको आग्रह

काठमाडौं आषाढ २४, नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’बारे नेपाली नागरिकको सुझाव सङ्कलन कार्ययोजना आजको संविधानसभाबाट पारित SubashNemwangभएपछि संविधानसभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको राष्ट्रिय अभियानमा सरिक हुन सम्पूर्ण नेपाली जनतामा आह्वान गर्नुभएको छ ।
सभाध्यक्ष नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदा बारे नेपाली नागरिकको सुझाव सङ्कलनका लागि आजको संविधानसभाबाट कार्ययोजना पारित भएकाले र शुक्रबारदेखि सुझावका लागि खटिने टोलीलाई आआफ्ना सुझाव उपलब्ध गराउन पत्रकार सम्मेलन मार्फत नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आजै तालिका सार्वजनिक गरिसकेको भन्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

त्यस्तै जनसुझाव सङ्कलनको क्रममा प्राप्त सुझावअनुसार बनेको अवधारणापत्रमा आधारित भई वर्तमान संविधानसभाले प्राप्त सुझाव सहित मस्यौदलाई परिमार्जन गरी संविधानसभाले विधेयक तयार गर्ने संविधान लेखनका प्रक्रिया स्पष्ट पार्दै उहाँले आफूलाई लागेका कुनै पनि विषयमा सुझाव दिन पत्रकार सम्मेलन मार्फत आग्रह गर्दै सर्वोच्च अदालत, विभिन्न सङ्गठित सङ्घसंस्था, सभासद् र निकायबाट प्राप्त सुझाव र फरक मतलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरिने र सोही समितिमार्फत मस्यौदालाई परिष्कृत र मजबुत बनाउँदै जनताले स्वामित्व लिने ढङ्गको संविधान बनाइने प्रतिबद्धता उहाँले त्यस अवसरमा व्यक्त गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु