बिहिबार, बैशाख १३, २०८१

नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा राजपत्रमा प्रकाशित

काठमाडौ आषाढ २४, संविधानसभाको गत मङ्गलबारको बैठकले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा सर्वसाधारणको जानकारीका लागि राजपत्रमा प्रकाशन गर्ने प्रसंगमा गरेको निर्णय अनुरुप सरकारले संविधानको ३७ भाग, २९७ धारा र सात अनुसूची सहित १६७ पृष्ठको प्रारम्भिक मस्यौदा नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।
त्यसअघि संविधानसभाले संविधानको विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्नका निमित्त पाँच दिनको छलफलपछि नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले पनि आजै संविधानसभामा पेस गरेको जनताको सुझाव लिनेसम्बन्धी कार्ययोजनासहितको प्रस्ताव संविधानसभाले पारित गरेको छ ।