बुधबार, बैशाख २६, २०८१

संविधानमा प्रदेशको सीमाङ्कन र नामाङ्कनका विषयमा विवाद गर्नुपर्ने आवश्यकता छैन : अध्यक्ष ओली

काठमाडौ आषाढ ३०, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनले ‘संविधानको मस्यौदामा छलफल तथा सुझाव’ विषयमा आज आयोजना गरेको KP-oli कार्यक्रममा बोल्दै नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीले सबैको भावना समेटिएको साझा संविधान बन्ने बताउनुभएको छ । त्यसै सम्बोधनकै क्रममा अध्यक्ष ओलीले मुलुकमा रहेका सबै जाति र भाषभाषीलाई समेट्ने खालको लोकतान्त्रिक मूल्य र मान्यतासहितको संविधान जारी हुँने र संविधानमा प्रदेशको सीमाङ्कन र नामाङ्कनका विषयमा विवाद गर्नुपर्ने आवश्यकता नभएको बताउँदै उहाँले नेपाली जनतालाई अधिकारसम्पन्न बनाउनकै लागि सङ्घीयता चाहिएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा एमाओवादीका नेता प्रभु साह सङ्गठनका अध्यक्ष रामप्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले जारी हुँने संविधानलाई आम नेपालीको अपनत्वको लागि आवश्यक सुधार गरिनु पर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।