शुक्रबार, बैशाख १४, २०८१

कामपाद्वारा आ.व २०७२/ ७३ का लागि २ अर्ब ५० करोडको वार्षिक बजेट पेस

काठमाडौ आषाढ ३० काठमाडौँ महानगरपालिकालेले आर्थिक वर्ष २०७२/ ७३ का लागि करिब रु चार अर्ब बराबरको आय विवरण सहितको कार्ययोजना र बजेट आज बसेको नगरपरिषद्को बैठकमा पेस गरेको छ । downloadउप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिँहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकलाई सम्बोधन गर्दै उपप्रम सिंहले बैठकका निर्णय राम्रा भएपनि कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको बताउँदै घोषित कार्यक्रम कार्यान्वयन गरी सहरको विकासमा योगदान पु¥याउन कामपालाई निर्देशन दिनु भएको थियो । त्यस्तै उहाँले सरकार स्थानीय निर्वाचनको तयारीमा जुटेको जानकारी पनि त्यस क्रममा दिनु भएको थियो ।

कामपाले आगामी आवमा विकास न��र्माण तर्फ का लागि रु दुई अर्ब ५० करोड तथा चालु खर्चका लागि रु ७७ अर्ब बराबरको रकम विनियोजन गरिएको छ । बैठकले भूकम्पपीडित राजधानीवासीलाई कामपाले सङ्कलन गरेको दस्तुर शुल्कमा छुट दिने निर्णय सहित भविष्यमा हुने भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै सहरका भित्री क्षेत्रमा खुल्ला क्षेत्र विकास गर्न सरकारको सहकार्यमा निजी भवन तथा जमीन खरिद गर्ने तथा सोको व्यवस्थाप तथा सूचना प्रविधिको उपयोगको माध्यमबाट महानगरका वडाका क्रियाकलापलाई नियमित अनुगमन गरी सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।

बजेट वक्तव्यको लागि यहाँ क्लिक गर्नुहोला