शुक्रबार, बैशाख १४, २०८१

कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने सरकारको घोषणाको युनियनद्दारा स्वागत

काठमाडौं आषाढ २९, नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घका संस्थापक तथा प्रथम सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्मानमा ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान’ स्थापना गरिने बजेटमा press unionउल्लेख छ । नेपाल प्रेस युनियनले पत्रकार महासङ्घका संस्थापक सभापति भट्टराईका सम्मानमा सरकारले प्रतिष्ठान स्थापनाका लागि बजेटमा उल्लेख गरेको प्रतिस्वागत गरेको छ ।  गत असार २४ गते युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, रमेश तुफान, मुरारीकुमार शर्र्मा र समीरजङ्ग शाहलगायतको प्रतिनिधिमण्डको टोलीले प्रधानमन्त्री सुशील कोइरालासँग भेटी ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान’ स्थापना गर्नुपर्ने माग गरेको थियो ।

 प्रतिष्ठानलाई जीवन्त, आस्थाको केन्द्र र प्रेरणादायी बनाउन नेपालमा स्वतन्त्रता र जनाधिकारका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने पत्रकार महासङ्घका संस्थापक अध्यक्ष  भट्टराईको नाममा स्थापना गर्ने सरकारको घोषणालाई युनियने जोडदार स्वागत गर्दर्छ’–युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख  गर्दै विज्ञप्तिमा त्यस्तै घोषणालाई त्यसै खेर जान नदिन र लोकतान्त्रिक शासन पद्धती स्थापित गराउने अभियानमा पत्रकारहरुको अझ शसक्त भुमिका कायम गराउन सफल यो घोषणा सफल हुने विश्वास युनियनले लिएको अध्यक्ष बद्रि सिग्देलले बताउनुभएको छ। राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई जीवन्त, आस्थाको केन्द्र र प्रेरणादायी बनाउन नेपालमा स्वतन्त्रता र जनाधिकारको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष, नेपाल पत्रकार महासंघका संस्थापक सभापति तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको नाममा स्थापना गर्ने सरकारको घोषणालाई नेपाल प्रेस युनियनले जोडदार स्वागत गर्दै प्रधानमन्त्री शुसिल कोइराला, अर्थमन्त्री डा रामशरण महतलाई धन्यवाद दिएको छ। बजेटमा यो व्यवस्था गर्न विभागिय मन्त्रीको रुपमा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा मिनेन्द्र रिजालको सकारात्मक योगदानप्रति युनियनले कृतज्ञता ज्ञापन गरेको छ।  पत्रकारको सिप, क्षमता र दक्षता अभिवृद्धि गर्ने ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’लाई तत्काल कार्यान्वयनमा ल्याउन युनियनले माग समेत गरेको छ ।

तर कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान’ गठन हुनु सकारात्मक भए पनि विवादरहित हुन नसकेको भन्दै प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्घले असन्तुष्टि व्यक्त गरेका छन्  । चौतारीका महासचिव माधव नेपाल र सङ्घका संयोजक गोविन्द आचार्यले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिष्ठानका सम्बन्धमा सरकारले गठन गरेको कार्यदलक�� प्रतिवेदन आइनसक्दै एकपक्षीय रूपमा बजेटमा सोबारेमा उल्लेख गरेको जिकिर गरेका छन्