शुक्रबार, बैशाख १४, २०८१

भृकुटीमण्डपमा वृहत रक्तदान

काठमाडौं आषाढ १४, थाई नेपाली संघ थाईल्याण्ड र विश्व शान्ति युवा संघ नेपालको आयोजनामा शनिबार राजधानीको भृकुटीमण्डपमा बृहत रत्तदान कार्यक्रम गरिएको छ । वैशाख १२ र २९ गते गएको बिनासकारी भूकम्प पीडितको लागि १६० जनाले रक्तदान गरेको विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाले जानकारी दिए ।  गायक आनन्द कार्की, गायिका इन्दीरा जोशी, मास्टर गड एन्जल, थाई नेपाली संघ थाईल्याण्ड उपाध्यक्ष कुमार कार्की, विश्व शान्ति 11693180_1601845363430724_188057837_nएकीकृत परिवार संघ नेपालका अध्यक्ष संन्तोष कुमार पौडेल  डा.चिन्तामणी योगी, संगितकार शिखर सन्तोष, विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा लगायतका १६० जनाले रक्तदान गरेका थिए ।

सयौको संख्यामा रक्तदान गर्न चाहनेहरुको भिड नै लागेपनि स्वास्थ्य समस्याका कारण १६० जनाले मात्र रक्तदान गरेको हुन् । बिहान ११ बजेबाट शुरु भएको रक्तदान दिउँसो ३.३० सम्म संञ्चालन गरिएको थियो ।

रक्तदानमा मध्यपुर ठिमी अस्पतालका डा.अबिनास क्षेत्रीको नेतृत्वको टोलीले सहयोग गरेको थियो । रक्तदान अवधिभर कुनै किसीमको समस्या नआएको त्यहा खटिएका स्वास्थ्यकर्र्मीले जानकारी दिए । रक्तदानलाई प्रोत्साहित गर्न कार्यक्रममा कलाकार,पत्रकार समाजसेवीहरुको बाक्लोउपस्थिती रहको कार्यक्रममा नायक दिलीप राईमाझी,गायीका  इन्दिरा जोशी, सबिना कार्की , संगितकार शिखर सन्तोष कलाकार किरण केसी, समाजसेबी दिलसोभा श्रेष्ठ, हिन्दु बिद्या पीठका डा। चिन्तामणी योगी, कलाकार सरोज केसी, हिमालयन टाईगर,जोगेन्दर,रिता लिम्बु लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमलाई हयाबेन्ली पाथ, रोटरी नेपाल, ड्रिम प्वाईन्ट, द युनिर्भसल टाइम्स् हिन्दु बिद्या पीठले सहयोग गरेका थिए । बिभिन्न संघ संस्थाका ५० भन्दा बढी स्वयमसेवक परिचालित गरिएको थियो ।