बुधबार, बैशाख २६, २०८१

दाता सम्मेलन सफल : प्रम कोइराला

काठमाडौ आषाढ ११,  प्रधानमन्त्री सुशील कोइरालाले विहिवार सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन २०७२ सफल भएको बताउनुभएको छ । आज बिहान प्रम निवास बालुवाटारमा भूकम्पपीडित नेपालीको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका  टोली र पत्रकार सामु उहाँले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै प्रम कोइरालाले सम्मेलनमा विभिन्न मुलुक र दातृ निकायहरुबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता भएको बताउँदै पुनःनिर्माणको काम वर्षायाम सकिएपछि सुरु हुने जनाउँ दिनु भएको छ । अव बन्ने पुनःनिर्माणको क्रममा भवनहरु भूकम्प प्रतिरोधी हुनुपर्ने, सम्पूर्ण बस्ती, सडक, ढल, पानी, बिजुली, टेलिफोनजस्ता पूर्वाधारले सम्पन्न हुने गरी बनाइने बताउँदै अवको कालखण्डमा नयाँ आधुनिक र समृद्ध नेपालको निर्माण आरम्भ गरिने बताउँनु भएको छ ।