बिहिबार, बैशाख २७, २०८१

पत्रकार उपचारका लागि ५० करोडको कोष स्थापना गर्न माग

काठमाडौ वैशाख ८, ब्रेन ट्यूमरको समस्याबाट पिडित नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीको उपचार प्रयोजनार्थ युनियनले थालेको उपचार सहयोग अभियानबाट हालसम्म रु १३ लाख ८४ हजार ७७१ सङ्कलन गरेको आज एक कार्यक्रमका वीच जानकारी दिईएको छ । पत्रकार क्षेत्रीको 11166031_10202661809145091_845713318_nउपचारका लागि युनियनले उक्त रकम युनियनका शाखा तथा देश र विदेशका विभिन्न सङ्घसंस्थाका एवम् व्यक्तिगतरुपमा सङ्कलन गर्दै सङ्कलित आज हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै युनियनका महासचिव अजयबाबु सिवाकोटीले पत्रकार दुर्घटनामा पर्दा वा ठूलो रोग लाग्दा सहयोग हुने गरी सरकारले छुट्टै पत्रकार उपचारकाका लागि ५० करोडको कोष स्थापना गर्नुपर्ने माग गर्दै युनियनले यसको लागि पहल गर्दै गरेको बताउँनु भएको थियो ।

यसैवीच युुनियनका केन्द्रीय पार्षद प्रमोद पोखरेलकी आमा नमादेबी पोखरेलको बम विष्फोटमा परी मृत्यु भएको घटनाका सम्बन्धमा युनियनका उपमहासचिव प्रेम केसीको संयोजकत्वमा गठन गरेको मिसन टोलीले मिसनले तयार पारेको प्रतिवेदन पनि सार्वजनिक गर्दै सरकारसँग यथाशीघ्र सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र मृतकका परिवारजनलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । कार्यक्रममा युनियनका अध्यक्ष बद्री कोषाध्यक्ष सरोज अधिकारी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।