बुधबार, बैशाख २६, २०८१

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै, विभिन्न स्थानको जुलुस खुलामञ्च पुग्दै

काठमाडौ फागुन १६ , एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीमा सत्तारुढदलले प्रदर्शन गरको बहुमतको दम्भका विरुद्ध भन्दै आज शक्ति प्रदर्शन सहित आमसभा गर्दैछ । यसपछि पनि सत्तापक्ष सहमतिमा नआए थप सशक्त आन्दोलनमा जाने मोर्चाले भन्दै आएको छ । आजको सभालाई विपक्षी मार्चाले आफ्नो शक्ति create_thumb (1)प्रदर्शन भनेको छ । ठूलो संख्यामा कार्यकर्ता र जनता उतारेर सरकार र विश्व शक्तिलाई आफ्नो पक्षमा जनसमर्थन रहेको मोर्चाले देखाउन खोजेको छ ।

उपत्यका बाहिरबाट सभामा भाग लिन आएकालाई कडाईका साथ नागढुंगामा चेकजाँच गरिएको छ । प्रहरीले उनीहरुले ल्याएको लाठी तथा झण्डामा प्रयोग गर्न ल्याइएको लाठी नियन्त्रणमा लिएकोमा एमाओवादी नेताहरुले आपत्ति जनाए ।
अपरान्ह १ बजे हुने भनिएको सभाका लागि राजधानीको विभिन्न स्थानमा माओवादी, मधेसी लगायत दलका कार्यकर्ता जम्मा भएका छन् । जुलुस सहित उनीहरु कार्यक्रमस्थल खुलामञ्च पुग्ने क्रम सुरुभएको छ। ।

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि दुई पटक आग्रह गरिसक्दा पनि विपक्षी मोर्चा आजको सभापछि मात्र सत्तारुढ दलको रवैया हेरेर सम्वादमा फर्किने नीति लिएको छ । विभिन्न स्थानबाट निस्कने जुलुसहरु त्रिपुरेश्वर-वीर अस्पताल हुँदै र कमलपोखरी,पुतली सडक खुलामञ्चमा पुग्ने कार्यत्रम छ । सभास्थलमा विभिन्न जिल्लाबाट आएका कार्यकर्ता र सर्वसाधारण पुग्ने क्रम सुरु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031