शुक्रबार, बैशाख १४, २०८१

मोरङ सिंचाई आयोजनाका कर्मचारीद्दारा पत्रकार माथि निर्घात कुटपिट, प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप: महासङघ

काठमाडौं पौष ११, सिंचाई आयोजनामा हुने गरेको भ्रष्टाचारको विषयमा समाचार लेखेको भन्दै नेपाल पत्रकार महासङघ मोरङ शाखा सदस्य एवंम विराटनगर साप्ताहिकका अथिति सम्पादक ब्रह्मदेव यादवमाथि  सुनसरी मोरङ सिंचाई आयोजनाका कर्मचारीहरुले निर्घात कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासङघको गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । गत बुधवार सिंचाई आयोजनाका

fng logo 1 तालुकदारहरुले गदै आएको भ्रष्टचारको विषयमा समाचार प्रकाशन गरेको आपत्ती प्रकट गर्दै आयोजनाका डिभिजन इन्जिनियर तारा पौडेल, इन्जिनियरहरु केदार तिवारी, प्रेमचन्द्र झा र सहयोगी सुधिर भनीने  कर्मचारीले पत्रकार यादवलाइ कार्यालयमा बोलाई बन्धक बनाएर निर्धाट कुटपिट गरी घाइते बनाएको महासङघ मोरङ शाखाले जनाएको छ ।  प्रकाशित समाचारका चित्त नबुझे वा गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी वा वैधानिक बाटोलाई छाडेर पत्रकारमाथि भएकोे यस किसिमको ज्यादती प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।

महासंघ पत्रकारलाई आफ्नो पेशामा त्रसित र हतोत्साहित पार्ने यस्ता घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।  त्यस्तै महासङघले घटनाको सत्यतथ्य पत्ता लगाउन स्थलगत अनुगमन र आवश्यक पहलका लागि नेपाल पत्रकार महासङघले महासङघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलको संयोजकत्वमा केन्द्रीय सदस्य तथा पूर्वाञ्चल सहसंयोजक गणेश लम्साल, महासङघ मोरङ शाखा अध्यक्ष महेन्द्र विष्ट र पत्रकार अवधेशकुमार झा सदस्य रहेको मिसन परिचालित गरेको जनाउदै मिसनले तत्कालैदेखि काम सुरु गरिसकेको छ ।

मिसनको प्रतिवेदनपछि महासंघले थप कदम अगाडि बढाउने तयरीगरेको महासङघका महसचिव उजिर मगरद्दारा हस्ताक्ष्रित प्रेस विज्ञप्तिामा उल्लेख रहको छ ।