शुक्रबार, बैशाख १४, २०८१

सार्कसदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुले आफनो सम्बोधनको क्रममा कसले के भने …..

काठमाडौ मङसिर १०, १८ औँ शिखर सम्मेलनको उद्घाटनसत्रमा सार्कसदस्य मुलुकका राष्ट्राध्यक्ष र  सरकार प्रमुखहरुले   आफनो सम्बोधनको क्रममा  कसले के  भने …..

1 spनेपालका प्रधानमन्त्री सुशील कोइराला :  प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताउँदै  दक्षिण एसियाका जनतामाझ गरिएका बाचा पूरा गन{का लागि     इमानदारीपूर्र्वक  लाग्नु पर्ने बताउँदै   गरिबी, भोकमरी, आतङ्कवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको सामना गर्न सार्क मुलुकले सामूहिकरुपमा काम गर्नुपर्छ भन्दै  उहाँले    व्यापार–वाणिज्य क्षेत्रको विकास,   दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता, ,सार्कका संस्थागत संयन्त्रहरूको सुदृढीकरण, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापार,  अवरोधरहित ढुवानी, ,कृषि, स्वास्थ्य, सरसफाइ, महिला सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेर दक्षिण एसियालाई समुन्नत क्षेत्रका रुपमा विकास गर्न स्रोत, साधन, प्रविधि तथा विज्ञान र प्रविधिको क्षेत्रले प्रतिपादन गरेका नवीनतमा साधनको बुद्धिमत्तापूर्वक उपयोग गर्नैपर्नेमा जोड दिनु भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ : प्रधानमन्त्री सरिफले दक्षिण एसिया क्षेत्रलाई विवादरहित, शान्त र समृद्ध बनाउन सहयोगको अपेक्षा 147574450_Pakistani Prime Minister Nawaz Sharif at TIA (4)गर्दै  एक आपसमा रहेका विगतका सबै ख��लका आपसी मनमुटावलाई विसर्दै आपसी सहयोग र समृद्धिका लागि सबैको साझा समस्याका रुपमा रहेको आतङ्कवाद र गरिबी निवारणको मुद्दामा ऐक्यबद्धरुपमा लाग्न पनि आह्वान गर्नुभएका छ । त्यस्तै  ऊर्जा, महिला सशक्तीकरण, गरिबी निवारण, स्वास्थ्य र शिक्षा, सूचना आदानप्रदान एवम् मानव संशाधन एवम् स्रोतका साथै विज्ञान र प्रविधिको विकास लगायतका विकासका एजेन्डालाई थप विस्तार गरिनुपर्नेमा उहाँको जोड थियो ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी :  राष्ट्रपति मोहम्मद असरफ घानीले राजनीतिक र 1487018889_Afghanistan President Ashraf Ghani at TIA (4)आर्थिकरुपमा यस क्षेत्रका जनतालाई सबल बनाउन यस क्षेत्रको ऊर्जाका स्रोतको सदुपयोग गर्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।  त्यस्तै मुठभेडबाट नभई आपसी सहकार्य र समन्वयबाट क्षेत्रीय विकासका लक्ष्यहरू हासिल गर्न पहल गर्दै दूरसञ्चार, रेलमार्ग र हवाईमार्गको सम्पर्कबाट सार्क सदस्य मुलुकहरूलाई एकापसमा जोड्ने काम लाइनिरन्तरता दिदै भ्रष्टाचार, अन्याय र कुशासन अन्त्यका सामूहिक प्रयासका थालनी गरिन अव विलम्व गरिनु नहुनेमा विशेष जोड दिनुभएको थियो

श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष :   श्रीलङ्काका राष्ट्रपति ले दक्षिण एसियाका जनताको समृद्धि र शान्तिपूर्ण 1482552210_Sri Lankan President Mahinda Rajapaksa  at TIA (3)दक्षिण एसिया निर्माणका लागि यस क्षेत्रका सरकार र जनताले सामूहिक रुपमा मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । दक्षिण एसियामा विद्यमान जलवायु परिवर्तन, प्राकृतिक सम्पदाको अधिकतम् उपयोग, श्रम आप्रवासन, आतङ्कवादजस्ता प्रमुख विषयको सम्बोधनका लागि क्षेत्रीय प्रयासलाई दोब्बर बनाउनुपर्ने भन्दै दक्षिण एसियामा हवाई सेवा निर्वाधरुपमा सञ्चालन हुनुपर्ने, ऊर्जा विकासमा साझेदारी बढाउनुपर्ने, युवाको सीप विकाससम्बन्धी कार्यक्रमलाई बढावा दिनुपर्ने कुरामा पनि जोड दिनुभएको थियो ।

 भुटानका प्रधानमन्त्री छिरिङ तोक्बा :     प्रधानमन्त्री छिरिङ तोक्बाले जलवायु परिवर्तनले पारेको समस्या लाइ imagesसमाधानका लगि सामूहिक प्रतिवद्धतका आवश्यकता औल्याउदै आतङ्कवाद नियन्त्रण, सीमापार आतङ्कवाद र मानव बेचबिखनलाई नियन्त्रण गर्ने विशष् पहल थल्नु पर्नेमा विशेष जोड दिनु भएको थियो ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना :  प्रधानमन्त्री शेख हसिनाले सार्कलाई यथार्थपरक, नतिजामुखी, आपसी 1013084287_Bangladeshi Prime Minister Sheikh Hasina at TIA (3)हितका र समृद्धिका लागि दक्षिण एसिया एकताबद्ध भएर सँगसँगै अगाडि बढ्नुपर्ने बताउँदै दक्षिण एसियाको शान्ति विकासको बाधकका रुपमा देखिएको गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षाको निश्चित गर्नुपर्ने त्यस्तै गरिबी निवारणका सार्कको खाद्य र बीउ बैैैंकको प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्ने गुणस्तरीय शिक्षा र प्रभावकारी तालिमका माध्यमबाट मानव संसाधनको विकास गर्न सकिने बताउनुभएको थियो ।

त्यस्तै जलवायु परिवर्तनका असरले निम्त्याउने विनासबाट आफ्नो मुलुकको कुल गार्हस्थ्य उत्पादनको दुईदेखि तीन प्रतिशत नाश हुने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले जलवायु परिवर्तनको मुद्दा यस क्षेत्रको प्रमुख चुनौतीका रुपमा देखिएको बताउनुभयो । उहाँले निरन्तर विकासका लागि ऊर्जाको अत्यधिक खपत आवश्यक भएकाले दक्षिण एसियाकै क्षेत्रीय जलविद्युत् उत्पादनमा जोड दिदै क्षेत्रीय, उपक्षेत्रीय तथा ऊर्जा विकासमा ध्यान दिनुका अलावा सडक र हवाई यातायात र वस्तु सेवा निर्बाध परिचालनको लागि आवश्यक पहल थाल्नु पर्नेमा जोड दिनुभएको थियो ।

761802764_Indian Prime Minister Narendra Modi  at TIA (5)भारतका प्रधानमन्त्री नरेन्द्र मोदी :       प्रधानमन्त्री नरेन्द्र मोदीले सँगसँगै भएर मात्र हुँदैन नजिक पनि हुनुपर्छ जसले सार्कका लक्ष्य प्राप्त गर्न ऊर्जा प्रदान गर्छ भन्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुकहरूको आर्थिक समृद्धि र विकासका लागि निराशालाई आशामा र नकारात्मकतालाई सकारात्मकतातर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको छ ।  शिक्षा, स्वास्थ्य, दैवीविपत्ति, स्रोत–साधनको व्यवस्थापन, विज्ञान–प्रविधि, सूचना तथा सञ्चारका क्षेत्रमा सदस्य राष्ट्रसँग सहकार्य गर्न भारत सदा तत्पर रहेको बताउनुभएका थियो । व्यापार, वाणिज्य, बौद्ध चक्रपथसहित क्षेत्रीय पर्यटन प्रवद्र्धन, जनता जनताबीचको सम्पर्क विस्तारका लागि जल, स्थल र आकाशमार्गबाट सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम :       राष्ट्रपति गैयुमले दक्षिण एसियाली राष्ट्रहरूबीचकोPra_0677 व्यापार विस्तारबाट आपसी समझदारी बढाउनुका साथै साझा समृद्धिलाई पनि अघि बढाउने विश्वास व्यक्त गर्दै आफू समुद्री सतहको देशबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देशमा आउन पाएकामा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो “हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण माल्दिभ्सलगायत यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि साझा प्रयास आवश्यक रहेको बताउदै विभिन्न सम्भावना भएर पनि गरिबीले व्याप्त यस क्षेत्रको विकासमा विद्यमान सम्पदालाई अधिकतम रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो