शुक्रबार, बैशाख १४, २०८१

प्रजातन्त्रिक आन्दोलनका नेता गणेशमान सिंहको जन्मशताब्दी वर्ष मनाइने

काठमाडौं असोज २८, प्रजातन्त्रिक आन्दोलनका नेता गणेशमान सिंहको जन्मशताब्दी आगामी कात्तिक २४ गतेदेखि २०७२ साल कात्तिक २३ गते समापन गर्ने गरि 10710604_10152731058392329_8613720136046299730_nविविध कार्यक्रम सहित मनाइने भएको छ । त्यस अवसमा देशभरका कुनै न कुनै प्रकारका रचनात्मक कार्यक्रमको आयोजना गरी मनाउन गणेशमान सिंह फाउन्डेशनले आह्वान गरेको छ ।

मुलकमा प्रजातन्त्रको पुनःस्थापनाका निम्ति २०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गर्ने गणेशमानले त्याग र बलिदान आफैमा महत्वपूर्ण एवम स्मरणीय रहेको छ । प्रजातन्त्रका पिता तथा लौहपुरुष गणेशमान सिंहको जन्म��ताब्दीको अवसरमा प्रजातन्त्रिक सङ्घ संस्था, शिक्षण संस्थान, मानवअधिकारवादी तथा सामाजिक प्रतिष्ठानहरुलाई आ–आफ्ना तर्फबाट मनाउँन गणेशमान सिंह फाउन्डेशनको तर्फबाट आह्वान गर्दै फाउन्डेशनका अध्यक्ष एवम् नेपाल सरकारका उपप्रधान मन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रवादी सङघ सस्था व्यक्ति लगायतका सम्बद्ध सवैमा आग्रह गर्नु भएको छ ।