शुक्रबार, बैशाख १४, २०८१

८ जना पूर्वकुमारीहरु सम्मानीत

काठमाडौ भाद्र २७ ,इन्द्रजात्राको आज अन्तिम दिन अर्थात नानिचयाका अवसरमा काठमाडौं महानगरपालिका हनुमानढोका दरवार सरंक्षण कार्यक्रमको तर्फबाट यसअघि जिवीतदेवीका रुपमा प्रतिस्थापित भइसकेका पूर्वकुमारीहरुलाई राजधानीको हनुमानढोकामा एक विशेष् कार्यक्रमको_NUP5134_1873आयोजना गरि सम्मानीत गरेको छ ।  त्यस अवसरमा नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले ८ जना पूर्वकुमारीहरुलाई जनही श्री पदभत्ता रु एक लाख २० हजार रुपैयाँ , दोसल्ला एवम् ताम्रापत्र प्रदान गर्नुभएको थियो ।