शुक्रबार, बैशाख १४, २०८१

कारवाही हुनुपर्छ भन्ने पक्षमा आफुपनि प्रतिवद्ध छु : हरिकुमार श्रेष्ठ

 समसामायिक वार्ता:  काठमाडौं  भाद्र १८, हरिकुमार श्रेष्ठ काठमाडौं महानगरपालिका अन्तर्गत राजधानीको ऐतिहासिक मूर्त तथा अमूर्त कला, संस्कृति सम्पदाको संरक्षण एवम यहाँको आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धनका लागि संचालित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हुनुहुन्छ ।

दरबार क्षेत्र संरक्षण कार्यक्रम लगायत अन्य विविध प्रासङ्गिक महत्वका विषयमा विषयमा केन्द्रीत रहेर यस अनलाइनको नयाँ स्तम्भ समसामायिक वार्ता अन्तगत हामीले उहाँसङग आसन्न् इन्द्रजात्रा पर्व र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि दिन अघिमात्र काठमाडौं महानगरपालिका र मातहतका कार्यालयममा समेत छापा मारेको प्रसङगमा केहि जिज्ञासा राख्दा दरवार क्षेत्रमा रहेको सम्पदाको समूचित  संरक्षण एवम  इन्द्र जात्रा पर्वका उत्सवलाइ महेत्सवमा रुपमान्तरण गर्नका लागि अहोरात्र लाग्दै आउँनु भएका श्रेष्ठले भने निर्णय प्रक्रिया प्रति हामी जहिले पनि उत्तरदायी बन्नुपर्छ । सार्वजनिक पद धारण गरेका व्यक्ति नैतिक आचरणमा बस्नु पर्छ ।

httpv://www.youtube.com/watch?v=9mywRdIbwXI

राज्यका जिम्मेवार निकायहरुले आफ्नो प्रभावकारिता देखाउनु राम्रो पक्ष हो भन्दै कसैले तान्दैमा, कसैले भन्दैमा वा कुनै निकायले तान्दैमा त्यहाँ भ्रष्टाचार छ भनेर भनी हाल्नु त्यत्ति उचित हुन्न भन्दै । लागेको आरोपको अनुसन्धान र प्रमाणित हुनु आवश्यक छ । अनुसन्धान प्रक्रिया पछि आउने रिजल्टले मात्रै यसको पुष्टि गन बताए । साथै उहँले सार्वजनिक पद धारण गरेर व्यक्तिगत हित प्रबद्र्धन र सार्वजनिक स्रोत र सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन । यदि यि र यस्ता कामकारवाही भएको अवस्था छ भने स्वाभाविक रुपमा अनुसन्धान गर्ने निकायले हेर्न सक्छ, छानविन गर्न सक्छ र प्रमाणित भएको अवस्थामा निर्वाध कारवाही हुन्छ र हुनु  पर्छ भन्ने पक्षमा आफुपनि प्रतिवद्ध भएको प्रष्ट गर्नु भएको छ।