शनिबार, बैशाख १५, २०८१

गुरुङ परिवारको सहयोगार्थ सङकलित रकम उपप्रम सिहंद्धारा हस्तान्तरण

काठमाडौं आषाढ ६, प्रजातन्त्रवादी शोचका अभियन्ता शेष बहादुर गुरुङको परिवारको सहयोगार्थ नेपाल विद्यार्थी सङघ बेलायत  च्याप्टरका नेता उमेश भण्डारीले त्यहाँ रहेका नेपालीहरुबाट सङकलन गरिएको दुई लाख दशहजार रुपैया गुरूङका पिता लाई आज एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको छ ।

अध्ययनको शिलसीलामा बेलायत बस्दै आएका शेष बहादुर गुरुङको केहि समय अगाडी सडक दुर्घटनामा परि निधन भएको थियो । गुरुङको परिवारको सहयोगार्थ सङकलन गरिएको उक्त रकम उप प्रधानमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नु भएको हो ।