बिहिबार, बैशाख २७, २०८१

संविधानसभाको बैठकमा दुइ महत्वपूर्ण प्रतिवेदनमाथि विशेष छलफल

काठमाडौँ ज्येष्ठ ५, संविधानसभाको आइतवार सम्पन्न बैठकमा अभिलेख अध्ययन तथा निक्र्यौल समितिले अघिल्लो संविधानसभाकोे प्राकृतिक स्रोत अधिकार र राजस्व बाँडफाँड समिति र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमाथि विशेष छलफल सुरु गरेको छ ।

बैठकमा सभासदहरु क्रमस bicc 1 (1)मीनबहादुर विक, कृष्ण धिताल, शेरधन राई, मोहन बाँनिया, उपेन्द्र यादव, भीम रावल, रञ्जुकारी झा, कुमार खड्गा, डिम्पलकुमारी झा, श्रीप्रसाद जगेबु, दलजीत विक, राजाराम स्याङ्तान, विजयकुमार सिंह, चन्द्रप्रकाश मैनाली, रामकृष्ण यादव, दिलनाथ गिरी, ज्ञानेन्द्र कार्की लगायतले प्राकृतिक स्रोत तथा साधनको वितरण समान तवरले हुनुनपर्ने पहुचचको अधारमा गर्नुपर्ने र कोही कसैमाथि विभेद गर्नु नहुँने भन्दै प्राकृतिक स्रोत तथा साधनको वितरण वैज्ञानिक र वस्तुनिष्ठ विधि तय गर्नुपर्नेमा जोड दिनुभएको थियो। सैन्य तालिमले मुलुकलाई गृहयुद्ध अग्रसर गराउँने आशंका सहित त्यस्तै १८ वर्ष पुगेका युवालाई सैनिक तालिम दिनु नपर्ने तर राष्ट्रको सार्वभौमसत्ताको रक्षाका लागि अनिवार्य तालिमभन्दा पनि सचेतना जरुरी रहेकोमा अभिमत प्रकट गर्नु भएको थियो ।

यसैवीच संविधानसभाका अन्तरबस्तुमा छलफल गर्न संविधानसभाको बैठक दिउँसो १ बजे आज पनि बस्दैछ । संविधानसभाको आजको बैठकमा राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिका विषयमा छलफल हुने बताइएको छ ।