शुक्रबार, बैशाख २१, २०८१

संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुरले राष्ट्रपतिसँग लिए विधानसभाको सपथ

काठमाडौ माघ ६, आगामी माघ ८ गते बस्ने संविधानसभाको बैठकका लागि संबिधान सभाका ज्येष्ठ सदस्यको रुपमा सुर्यबहादुर थापाले आज राष्ट्रपति रामवरण यादवसमक्ष सपथ सूयर्खाएका छन् ।  शितल निवासमा आज आयोजित सपथ ग्रहण कार्यक्रममा समानुपातिक कोटाबाट दोस्रो संविधानसभामा निर्वार्चित ८६ वर्षीय थापाले ज्येष्ठ सदस्यको नाताले सपथ लिएको हो । संसद सचिवालयका अनुसार थापाले भोली अन्य सभासद्लाई सपथ खुवाउने बुझिएको छ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका थापाले केहीबेरपछि संसद् सचिवालयमा पनि पदभार ग्रहण गर्नुहुनेछ ।