शुक्रबार, बैशाख १४, २०८१

संविधानसभाका नवनिर्वार्चित सभासदले लिए सपथ

  काठमाडौँ माघ ७ ,भोली बुधवार सुरु हुने संविधानसभाको पहिलो बैठकका लागि नवनिर्वाचित सभासद्हरूले बानेश्वरस्थित संविधानसभा भवनमा आज आयोजित विशेष समारोहमा आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नव निर्वाचित संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नवनिर्वाचित सभासद्हरूलाई शपथ गराउनुभएको हो ।

मुलुकको प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताप्रति पूर्ण बफादार रही कुनै पक्षपात नगरी मुलुक र जनताको हितमा रही निष्ठा एवम् इमान्दारीपूर्वक काम गर्छु भन्दै नवनिर्वाचित सभासदहरु मध्ये प्राय सवैले नेपाली भाषामा शपथ लिनुभएको थियो भने करिब ३५ सभासद्ले दशवटा विभिन्न मातृभाषामा शपथ लिनुभएको थियो । आजको शपथग्रहण कार्यक्रममा  कांग्रेसका नारायण खड्का र प्रदीप गिरी, मधेसी जनअधिकार फोरम नेपालका अभिषेकप्रताप शाहसहित पाँच जना सभासद् अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ   भने सरकारले मनोनीत गर्न बाँकी २६ जनाकोलाई पनि पछिनै शपथ खुवाईने बुझिएको छ ।