बुधबार, बैशाख २६, २०८१

आयोगले निर्वाचनको अन्तिम परिणाम सरकार र संसद सचिवालयलाई बुझाइयो

 काठमाडौँ पौष १९ , निर्वाचन आयोगले संविधानसभा निर्वाचन २०७० को परिणाम सरकार र संसद सचिवालयलाई आज बुझाएको छ । आयोगका सचिव नरेन्द्र nirvachan-aayogदाहाललगायतका टोलीले मुख्य सचिव लीलामणि पौड्याल र संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन परिणाम बुझाएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । यसअघि आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति डा रामवरण यादवलाई बुझाएको थियो ।

राष्ट्रप्रमुख, सरकार र संसद सचिवालयलाई परिणाम बुझाउने प्रावधानअनुसार बुझाइएको हो । आयोगले प्रत्यक्षतर्फको २४० जना र समानुपातिक निर्वाचन प्रणाली तर्फको ३३५ गरी ५७५ जनाको नामावली बुझाएको हो । यसरी बुझाइएको नामावली राजपत्रमा प्रकाशित गर्नुपर्नेसमेत प्रावधान रहेको छ । सबै निकायलाई परिणाम बुझाएपछि निर्वाचन परिणाम राजपत्रमा प्रकाशित हुनेछ । सरकारले २६ जनालाई मनोनित गरेपछि संविधानसभा सदस्यको सङ्ख्या ६०१ पुग्नेछ ।