शुक्रबार, बैशाख १४, २०८१

निर्णय नसच्चाए कडा आन्दोलन :उपेन्द्र यादव

काठमाडौं चैत्र २,संघीय लोकतान्त्रिक मोर्चाका अध्यक्ष उपेन्द्र यादवले रेग्मी नेतृत्वको सरकारले निष्पक्ष चुनाव गर्न नसक्ने बताउँनु भएको  छ । आज राजधानीमा पत्रकार सम्मेलनगरी मोर्चाले प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार प्रमुख भइसक्दा पनि न्यायपालिका प्रमुखको पदबाट राजीनामा नदिनु लोकतान्त्रिक मूल्य र मान्यता विपरित भएको भन्दै नयाँ सरकार गठनका लागि  भएको सहमतिले मुलुकलाई फेरि निरंकुशतातर्फ धकेल्ने प्रयास गरेको बताए  । त्यस्तै उनले  राष्ट्रपति डा.रामवरण यादवले असम्वैधानिक  ढंगले बाधा अडकाउ फुकाउ आदेश जारी गरेको आरोप लगाउँदै  तीन दल र मधेशी मोर्चाले निर्णय नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।