शुक्रबार, बैशाख १४, २०८१

चैत्र १ गतेबाट शुरु हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौं फागुन २९, शिक्षामन्त्री दिनानाथ शर्माले यसवर्षको एसएलसी परीक्षा विगतको तुलनामा अनुशासित र मर्यादित हुने दाबी गरेका छन् । शिक्षा पत्रकार सञ्जालले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री शर्माले अनुशासित र मर्यादित ढंगले परीक्षा संचालन गर्न सम्पूर्ण तयारी पूरा भएको समेत बताए । त्यस्तै परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले चैत्र १ गतेबाट शुरु हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको र सबै जिल्लामा प्रश्नपत्र  पठाईसकेको जानकारी कार्यक्रममा  दिए  ।