शुक्रबार, बैशाख १४, २०८१

आगालागीमा आफन्त गुमाएका दृष्टिविहीन मोहन चौधरीको लालनपालन आमाघरमा

काठमाडैं बैशाख२८, काठमाडौं महानगरपालिका वडां.न १९ दमाईटोलमा गत २२ गते खाना पकाउने स्टोभ विस्फोट हुंदा भएको आगालागीमा आफन्त गुमाएका दृष्टिविहीन मोहन चौधरीको लालनपालन समाजसेवी एवम् आमाघरका संचालक दिलशोभा श्रेष्ठले गर्ने भएको छ । । स्थानीय क्षेत्रबाट संकलन गरिएको राहत वितरणका लागि संयुक्त युवा क्लवले आज आयोजना गरेको राहत वितरण कार्यक्रममा समाजसेवी श्रेष्ठले दृष्टिविहिन चौधरीलाई आमाघरमा लगेर लालनपालन गर्ने बताउनुभएको हो ।संयुक्त युवा क्लवले संकलन गरेको खाद्यान्नलगायतका राहत समाग्री पनि पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो । क्लवले मृतकका परिवरालाई ८ हजार र धनमाल क्षति भएका परिवारलाई ६ हजारका दरले राहत तथा खाद्यान्न समेत वितरण गर्नुभएको थियो । ।