शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं, चैत  ६ ,

 प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।    आज बस्ने    बैठकमा प्रधानमन्त्री केपी ओली ले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको  संसद सचिवालय स्रोतले जनाएको  छ ।    संघीय संसद सचिवालयको   सम्भावित कार्यसूचीमा  समेत  वार्षिक प्रतिवेदन    पेश  हुने   कार्यसूची  संगै शोक प्रस्तावका  कार्य सूची समेत रहेको  छ ।

सचिवालय काअनुसार  वाष्र्किक पतिवेदन अन्र्तगत  लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आ।व। २०७६÷७७ को वार्षिक प्रतिवेदन रहेको  बुझिएको छ।

त्यत्स्ै    सभामुख सापकोटाले राष्ट्रिय सभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची तय रहेको  छ ।  नेपाली काँग्रेसको तर्फबाट   संविधानसभामा समानुपातिक सदस्य रहेका     कोइरालाको चैत ४ गते राती उपचारकै क्रममा ७१ वर्षको उमेरमा निधन भएको थियो ।