शुक्रबार, बैशाख १४, २०८१

कृषि प्रविधिमा क्षेत्रमा  इजरायले प्राप्त गरेको सफलता महत्वपूर्ण :परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल र  इजरायलबीच सम्बन्ध विस्तारको ६ दशक :

काठमाडौं, चैत  ६ ,

नेपाल र  मित्र राष्ट्र इजरायलबीच दौत्य  सम्बन्ध कायम भएको  ६ दशक  पुगेको    अवसरमा नेपालस्थित इजरायली राजदुतावासले विहिवार  राजधानीमा   एक औपचारिक कार्यक्रम सहित नेपाल र   इजरायलबीचको सम्बन्ध दिवस   मनाएको छ ।  इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मित्र राष्ट्र  इजरायलले छोटो अवधीमा कृषि प्रविधिमा क्षेत्रमा  प्राप्त गरेको  उल्लेख्य  सफलताको चर्चा गर्दै   यसवीचमा  हासिल गरेको सफलताले नेपालको विकासमा समेत सघाउ पुगेको बताउनुभयो ।   त्यस्तै  परराष्ट्र मन्त्री   ज्ञवालीले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स शुरु गर्ने तयारी रहेको जानकारी समेत दिनुभयो ।

त्यस्तै  कार्यक्रममा नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध  आफैमा  महत्वपूर्ण  रहेको  बतायदै   विद्यमान सम्बन्ध्लाइ भविष्यमा थप प्रखर बनाउदै   लैजानु पर्ने   आवश्यकता औल्याउनुको अलावा   देशबिचको   साझा सहकार्यमा  कुै g}पनि   चुनौतीको सामना गर्न  सक्ने वातावरण तयार गर्नु पर्नेमा जोड दिनु भयो ।