शुक्रबार, चैत्र १६, २०८०

१७ बुँदे प्रस्ताव पारित गर्दै खनाल नेपाल पक्षको दुइ दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न्

प्रम ओलीको हठका कारण जवजको कार्यदिशालाई मुखरित गर्न नसकेको ठहर, पार्टी विभाजनको घोषणा नगर्ने तर ओलीले वोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने जनाउ

काठमाडौं चैत ५,
नेपाल कम्युनिष्ट पार्टी एमाले खनाल नेपाल पक्षको दुइ दिने राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आजबाट समापन भएको छ । त्यस्तै भेलाले जनताको बहुदलीय जनवादको कार्यदिशालाई कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गर्नुको अलावा पार्टी अध्यक्ष केपी ओलीकै कारण ९ औं महाधिवेशनले निर्देश गरेको जवजको कार्यदिशालाई मुखरित गर्न नसकेको ठहर गरिएका छन ।

त्यस्तै पार्टीका सम्पूर्ण कमिटीहरु चलायमान बनाउने निर्णयसंगै देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आजै आयोजित पत्रकार सम्मेलनमा सो समूहका नेता भट्टराईले आफुहरु पार्टी एकताको पक्षमा रहेकाले आफ्नो तर्फबाट पार्टी विभाजनको घोषणा नहुने बताउदै पार्टीको पुनर्गठन अभियान शुरु भएको बताउनुभयो । त्यस्तै उहाँले ओली समूहले फागुन ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने समेत जनाउ दिएको छ।