शनिबार, बैशाख १५, २०८१

सरकार र विप्लव समूहबीचको वार्ता : वार्ता सकारात्मक रहेको सरकारी वार्ताटोलीको जनाउ

काठमाडौं फागुन १९,
सरकार र विप्लव समूहबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता भएको छ । सरकारी वार्ताटोलीमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने सहभागी रहेका छन । त्यस्तै आजको वार्तामा दुई पक्षले आ–आफ्नो एजेन्दा सहितको अभिमत प्रस्तुत गरेको बुझिएको छ।

सरकारले २०७५ फागुन २८ गते ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै विप्लव समूहलाइ प्रतिबन्ध लगाएको थियो ।

त्यसोत वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री थापाले आजको वार्ताको क्रममा विषयगत एजेन्दामा भएको छलपल पछि सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी गर्दै छिट्टै सुखद परिणाम आउने बताएका छन् ।