मङ्लबार, बैशाख ११, २०८१

देशभर ६७  जनामा कोभिड १९ संक्रमण ,मृतकको सख्या ३ हजार नाघ्यो

 काठमाडौं फागुन १९,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षणको क्रममा देशभर  ६७  जनामा कोभिड १९ संक्रमण पुष्टि भएकोछ ।

आज पुष्टि भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ३७ पुगेको छ । त्यसैगरी यसवीचमा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ७ सय ६६ रहेको रनेपालमा देशभर थप २ सय ३३ जना संक्रमणका कारण मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको जनाएकोछ ।