शुक्रबार, बैशाख १४, २०८१

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक: संसदीय दलको नेता ओली र उपनेता नेम्वाङ वर्खास्त

पूर्वमन्त्री बस्नेतसहित ७ जनालाइ ५ महिने निलम्बन

काठमाडौं फागुन १९,
नेकपा प्रचण्ड -नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले  पार्टीको आचरण हित विपरीतका क्रियाकलापमा संल्ग्न रहेको जनाउ सहित संसदीय दलको नेताबाट केपी ओलीलाई र संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्ते बैठकले प्रतिगमन पक्षधर नेताहरुलाई कारबाही गरेको छ । यसरी ६ महिने निलम्बन सहितको कारवाही गरिएका नेताहरुमा क्रमस पूर्वमन्त्री महेश बस्नेत, प्रम ओलीका सल्लहकार समेत रहेका सूर्य थापा, विशाल भट्टराई, शान्ता चौधरी,  प्रभु शाह र कर्णबहादुर थापा रहेका छन ।