शुक्रबार, बैशाख १४, २०८१

सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिकरण कार्यक्रमलाइ प्रम ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौ फागुन २०,
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसंगै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।
विप्लव नेतृत्वको नेकपासंगको वार्ता सफल भएसंगै प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने र यसवीचमा भएका सहमति समेत सार्वजनिक गर्ने तयारी भएको जारी प्रेसनोटमा उल्लेख गरिएको छ।

जारी प्रेस नोटमा शुक्रबार राजधानीमा सहमति सार्वजनिकरणका लागि आयोजना हुने कार्यक्रमलाइ प्रधानमन्त्री ओली र विप्लवले दुवैले सम्बोधन गर्ने उल्लेख गरिएको छ।

सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोटमा सहमति अनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएको समेत उल्लेख गरिएको छ।