शुक्रबार, बैशाख १४, २०८१

मित्रनगरस्थित गेष्ट हाउसमा प्रहरीको छापा, ३ किलो चरेश सहित २ जना पक्राउ

काठमाडौं पुस २४ ,
महानगरीय अपराध महाशाखाका प्रहरीटोलीले शुक्रबार बिहान काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागू औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका९४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका ७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेको जाकारीदिदै प्रहरीले विशष सूचनाको आधारमा गेष्ट हाउसमा छापा मार्दै निजहरुलाइ पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ परेका अभियुक्त उपर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।